Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

    प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् ।



    चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौंबाट प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।



    दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्।

    बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार