काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे ।
४७ सदस्यीय सरकारी र उद्योगी व्यापारीसहितको टोली दिउँसो २ बजेर ५० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
Leave a Reply