Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

चितवन । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ पानीधारामा बस दुर्घटना भएको छ ।

मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर पल्टेको हो ।

घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, ३ जनाको कुरिनटारको स्थानीय अस्पतालमा र १ जनाको नयाँ मेडिकल कलेजमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077