काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको स्पष्ट पारे ।
अर्थमन्त्री महतले भने, ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’
त्यस्तै, उनले आगामी आर्थिक वर्षको बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने दाबी समेत गरेका छन् ।
Leave a Reply