Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विमानस्थलबाट एक किलो ७० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो ७० ग्राम सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

यूएईको सारजहाबाट सोमबार एयर अरबियाको जहाजबाट काठमाडौं आएका भारतीय नागरिक मोहमद हुसनलाई सुनका तीन डल्लासहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

केरलाका हुसेन एयर अरेबियाको फ्लाइटबाट सोमबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।

विमानस्थलमा चेकजाँचका क्रममा उनको हाउभाउ शंका लागेपछि विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

अर्धझोल अवस्थामा भेटिएको सुन हुसेनले मलद्वारमा लुकाएर ल्याएका थिए। थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077