Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भारतसँग ‘लङटर्म पावर डिल’ गर्न खोजिरहेका छौं : परराष्ट्रमन्त्री साउद

    भारतसँग ‘लङटर्म पावर डिल’ गर्न खोजिरहेका छौं : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 849
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विद्युतीय क्षेत्रमा भारतसँग दीर्घकालीन सम्झौता गर्ने सरकारको तयारी रहेको बताएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा सरकारले विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेको परराष्ट्रमन्त्री साउदले बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने बताए ।



    परराष्ट्रमन्त्री साउदले भने, ‘विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने भारतसँग विद्युत् व्यापारसँगै बांग्लादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार बनाउने हामीले यस भ्रमणमा तयार गर्नेछौँ ।’

    परराष्ट्रमन्त्री साउदले हिन्द महासागरमार्फत् पनि नेपालमा आयातरनिर्यात भइरहेकाले भारतसँग ट्रान्जिट टिटीका विषयमा छलफल हुने बताए।

    उनले भारतसँगको ब्यालेन्स अफ पेमेन्टमा नेपाल नाफामा रहेको बताए। उनले प्रचण्डको भारत भ्रमणमा ट्रेड सन्धिलाई पनि परिमार्जन गरेर लैजाने एजेण्डा रहेको बताए।

    यसले दुई देशमा हुने व्यापारमा फाइदा पुग्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार