काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले सांसद विकास कोषलाई गलतरूपमा नबुझ्न आग्रह गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले कोषको रकमको बचाउ गर्दै यस्तो आग्रह गरेका हुन् ।
महतले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरेर सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
मन्त्री महतले संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नपर्ने भएकाले व्यक्तिगतरूपमा पैसा दिएजस्तो विश्लेषण नगर्न अनुरोध समेत गरे ।
अर्थमन्त्री महतले भने, ‘१६५ वटै निर्वाचन क्षेत्रमा केही न केही बजेट जाओस् भनेर सांसद विकास कोष राखिएको हो । ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैन ।’
Leave a Reply