काठमाडौं । भारतले नेपालको कपिलबस्तु र लुम्बिनीसहतको भूभाग आफ्नो नक्सामा समेटेकोप्रति सांसदहरुले संसदीय समितिमा आपत्ति जनाएका छन् ।
भारतले नेपालको भूभाग समेटेर भारतीय संसद भवनमा राखेको नक्साप्रति उनीहरुले संसदको पूर्वाधार समितिको आजको बैठकमा आपत्ति जनाएका हुन् ।
बैठकमा सांसद ठाकुर गैरेले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो रु भनी सरकारसँग जवाफ समेत माग गरे ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भने भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको जवाफ दिए ।