काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गरे । उनले यसलाई कामले प्रमाणित गरिने बताए । अर्थमन्त्री महतले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए ।
बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनले बताए ।अर्थमन्त्री महतले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको बताए। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको भनाइ छ।
राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उनले बताए।उनले नीतिगत सुधारका कुराहरू बजेटले बोलेको बताए।
समग्रमा बजेटले आउने दिनमा आथिक वृद्धि र आर्थिक वृद्धिको पहुँचमा आमनागरिक पुर्याउने लक्ष्य लिएको बताउँदै अर्थमन्त्री महतले बजेटमा पूर्वाधार विकासमा जोड दिएको बताए।
तर पनि पुँजीको सुनिश्चिता चु्नौतीपूर्ण रहेको उनको भनाइ छ। उनले विद्युतीय सवारीलाई प्रमोट गर्ने सरकारको उद्देश्य रहेको बताए।
Leave a Reply