Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक आह्वान भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भारत भ्रमणबारे छलफल हुने बताइएको छ ।

भारत भ्रमणमा पाँच मन्त्रीसहितको टोली सहभागी हुने सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार छिमेकी मुलुक भारत प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077