Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो, कार्कीविरुद्ध उजुरी आह्वान

    प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो, कार्कीविरुद्ध उजुरी आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 636
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ ।

    सदीय सुनुवाई समितिको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।



    सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।



    समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।

    कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार