Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं

    परराष्ट्रमन्त्री साउदले भने – प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 519
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन्। परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणका बेला कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताए ।



    परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका विषयलाई अघि बढाइने बताए ।



    नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई भ्रमणका क्रममा मुख्य जोड दिइने परराष्ट्रमन्त्री साउदको भनाइ छ।

    मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरे। कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने परराष्ट्रमन्त्री साउदले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार