Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे भन्छन् - प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम ढिलाइ भयो

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्चका प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैशाख २७ गतेबाट चिठी आएर प्रधानन्यायाधीशको सुनुवाइ रोकिएको छ ।

‘विभिन्न कारणले समिति गठनमा ढिलाइ हुँदा लामो समयदेखि सुनुवाइ हुन बाँकी छ । बैशाख २७ गतेबाट चिठी आएर प्रधानन्यायाधीशको सुनुवाइ रोकिएको छ । संसदीय सुनुवाइको क्रममा यहाँहरूको दृष्टिकोणबाट महत्त्वपूर्ण निर्णयहरू हुन सक्नेछ भन्ने अपेक्षा लिएको छु,’ सभामुख घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077