Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक जारी

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक जारी छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका थिए । १५ सदस्यीय सुनुवाइ समितिले आइतबार पूर्णता पाएको थियो ।

समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपा १, राप्रपा १, र जसपा १ सांसदको प्रतिनिधित्व छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077