काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् । आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने उनको विश्वास छ ।
चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
यस्तै, सरकारले आगामी आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य तय गरेको छ ।
Leave a Reply