काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको मन्त्रालयले जनाएको छ ।
चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै जलस्रोत तथा सिचाइ तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएको थियो।
Leave a Reply