काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ ।
सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गरीने बताएका हुन् ।
यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सूवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने भएको छ ।
सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एसोसिएट सदस्यता पाएपछि नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो ।
Leave a Reply