काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नौ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ ।
सोमबार आर्थिक वर्ष २०८०-०८१ को बजेत प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग मन्त्रालयको लागि उक्त रकम विनियोजन गरिएको बताए ।
त्यस्तै, वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रकम विनियोजन गरेको छ ।
साथै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. महतले बताएका छन्।
Leave a Reply