काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण मन्त्रिपरिषद्द्वारा स्वीकृत भएको छ।
उनले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।
मन्त्री शर्माका अनुसार टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।
Leave a Reply