Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गणतन्त्र राजनीतिक दलबाटै खतरामा छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र खतरामा रहेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं.१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरुबाटै खतरामा रहेको बताएका हुन्।

नेता कोइरालाले भने,‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ।’

उनले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएको बताए। उनले दलका क्रियाकलापले गणतन्त्रप्रति जनताको बितृष्णा पैदा भएको बताए।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महंगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077