Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रिहा भए रेशम चौधरी, नेता-कार्यकर्ताले गरे भव्य स्वागत

काठमाडौं । राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशम चौधरीको रिहा भएका छन् । डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन् । उनलाई लिन समर्थक र आफन्त फुलमालाका साथ कारागार पुगेका थिए।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएपछि उनी रिहा भएका हुन् ।

उनी रिहा भएलगत्तै कार्यकर्ताको स्वागतपछि सोझै गृहजिल्ला कैलालीस्थित टीकापुर जाने कार्यक्रम रहेको बताइएको छ ।

थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए ।

उक्त घटनामा रेशमलाई जिल्ला, उच्च र सर्वोच्च तीनै अदालतले जन्मकैदको फैसला सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077