Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राष्ट्रपति पौडेलले गरे ४८२ कैदीको सजाय मिनाहा

    राष्ट्रपति पौडेलले गरे ४८२ कैदीको सजाय मिनाहा

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । राष्ट्रपतिबाट कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका छन् ।

    राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको हो ।



    उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    गणतन्त्र दिवसका अवसरमा उनीहरूलाई माफी दिइएको हो । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकका सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय आममाफी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार