Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे परामर्श

    भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे परामर्श

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राजनीतिक परामर्श गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका हुन्।



    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाख खनाल, बाबुराम भट्टराईलगायतको सहभागी रहेको थियो ।



    नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा ईपीजीको प्रतिवेदन बुझ्न र सीमा समस्या समाधानका लागि पहल गर्न सुझाव दिएको छ ।

    पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको छलफलमा एमालेले नेपालको राष्ट्रियहितमा दृढताको साथ उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्णसमर्थन रहने जनाएको छ ।

    एमालेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्ने तथ्यको आधारमा प्रष्ट भएको प्रष्ट्याएको छ ।

    त्यसबाहेक नेपाल भारत व्यापारको बारेमा पनि सहमति गर्ने सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार