Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • तमोर आयोजनाबारे पावर चाइनालाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

    तमोर आयोजनाबारे पावर चाइनालाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 627
    SHARES

    काठमाडौं । सरकारले चिनियाँ लगानी बन्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र काट्ने भएको छ ।

    आइतबार बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी चाइना पावरलाई यसबारे पत्राचार गर्ने निर्णय गरेको हो ।



    परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावक चाइना पावरसँग १९ जनवरी, २०२० मै समझदारी भएको थियो । तर, हालसम्म पनि समझदारी पालना नभएको निष्कर्ष निकाल्दै बोर्डले कम्पनीलाई पत्राचार नगर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।



    विज्ञप्तिमा भनिएको छ, ‘बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाृने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारीपत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरको छ ।’

    बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि भारतीय कम्पनीसँग पीडीए गर्नका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

    बोर्डको ५४ औं बैठकले आयोजना बनाउने कि नबनाउने विषयमा स्पष्ट पार्न पत्राचार गर्ने निर्णय भएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

    ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पर्ने ७५६ मेगावाट क्षमताको तमोर २०७६ मा पावर चाइना र नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले संयूक्त कम्पनी स्थापना गरी बनाउने सम्झौता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार