काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् ।
सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका छन् ।
उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।
Leave a Reply