Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपतिको जलहरीबारे शेखर कोइरालाको प्रश्न - संसदको रेकर्डबाट हटाउँदैमा अनियमितता ढाकिन्छ र ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदमा उठेको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका छन् ।

नेता कोईरालाले सामाजिक संञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने बताएका हुन्। यसो गर्दैमा अनियमितता कति दिन ढाक्न सकिएला र भनेर पनि उनले प्रश्न गरे ।

उनले लेखेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमिततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?’

उनले सांसदको गरिमालाई कता लैजाँदैछौं भनेर प्रश्न पनि गरेका छन्।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले जेठ १२ गतेको संसद बैठक अवरुद्ध पारेको थियो ।

शनिबार शीर्ष नेताहरुबीच दाहालको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077