सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने बताएका छन् ।
सातै प्रदेशमा अभियानअन्तर्गत कर्णाली आइपुगेका अध्यक्ष लिङ्दे्नले आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्ने आफ्नो पार्टीको माग भएको उनले बताए ।
उनले भने, 'राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन । छानबिन गर्न जरुरी छ । हामीले यी सबै माग राखेका छौँ।’