Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइयो, प्रधानमन्त्रीले दिए स्पष्टीकरण

    सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइयो, प्रधानमन्त्रीले दिए स्पष्टीकरण

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 651
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको एक अभिव्यक्ति संसद् सचिवालयको रेकर्डबाट हटाइएको छ ।

    यही जेठ १० गतेको संसद् बैठकमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा स्वास्थ्य सामग्री खरिदमा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको बताएका थिए । शनिबार सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।



    सांसद दाहालको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो । यस्तै पशुपतिको मन्दिरमा लगाइएको जलहरी सम्बन्धमा संसद्‌मा प्रस्तुत धारणाका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन् ।



    शनिबार बेलुकी बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जलहरी सम्बन्धी विषय प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार