काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले असहमतिको नाममा ठिक कुरालाई पनि बेठिक भन्ने प्रवृत्ति छाड्न एमालेलाई आग्रह गरेका छन् ।
शनिबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै चौधरीले यस्तो आग्रह गरेका हुन् ।
उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने एमालेको माग बेतुक रहेको बताउँदै पुनर्लेखनको मागबाट बाहिर निस्कन आग्रह गरे ।
संसदमा सत्तापक्षले नीति तथा कार्यक्रम पारित गराउन खोज्नु र प्रतिपक्षले असहमति जनाउने सामान्य परम्परा भएपनि असहमितका नाममा ठिकलाई पनि बेठिक भन्नु गलत हुने उनको भनाइ छ।
Leave a Reply