Online Nepal
  • शनिबार, २० पुष २०८१
  • सञ्चारमन्त्री शर्मा भन्छिन् – भ्रष्ट्राचारविरुद्ध अभियान चालउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो

    सञ्चारमन्त्री शर्मा भन्छिन् – भ्रष्ट्राचारविरुद्ध अभियान चालउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार घेराबन्दीमा परेको बताएकी छिन् ।

    प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्, ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ।’



    विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।

    सञ्चारमन्त्री शर्माले संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार