काठमाडौं । सिंहरदरबारमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी छ । प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्षका नेता र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।
प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी शमौ ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् ।
माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।
पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो ।
एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन् ।
संघीय संसद सचिवालयका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आज पनि संसद अवरोध गर्ने एमालेको तयारी छ ।