काठमाडौं । सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल हज समितिका अध्यक्ष मकबुल मिया (शाह) का अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन् ।
हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ ।
गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ।
सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हजयात्रीको व्यवस्थापन गृह मन्त्रालयअन्तर्गत रहेको हज समितिले गरिरहेको छ।
Leave a Reply