Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारबारे शंकर पोखरेलको टिप्पणी - रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल यतिछिटै तलवभत्ता समेत खुवाउन मुस्किल हुने अवस्थामा पुगेका बेला सत्तापक्ष विगतप्रति कटाक्ष गर्न समय व्यतित गरिरहेको बताएका छन् ।

बुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले भनेका छन् 'तीन वर्षअघि विश्वका तिव्रतम् विकास गर्ने दश मुलुक मध्येमा परेको नेपाल यतिछिटै तलवभत्ता समेत खुवाउन मुस्किलहुने अवस्थामा पुगेको छ । तर पनि सत्तापक्ष आफ्नो वर्तमानका कमजोरीको समिक्षागर्न होइन, विगतप्रति कटाक्ष गर्न समय व्यतित गरिरहेको छ । सायद यस्तै अवस्थालाई भनिएको होलाः रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ ।'

यस्तै उनले भारत भ्रमणमा जानु अघि उस्को चाहना के छ भन्ने बुझेर काम गर्न खोजिरहेको नेपाल सरकारले यसरी नै नेपाली जनताको चाहना के छ भन्ने वुझेर काम गरेको भए आज मुलुकको हालत यति संकटग्रस्त नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077