काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा साढे दुई तलाको घर जितेका छन् ।
यूएइमा बस्ने श्रेष्ठले इसेवा मनि ट्रान्स्फरको आधिकारिक फेसबुक पेजमार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा काठमाडौंमा घर जितेका हुन् ।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका हुन् ।
श्रेष्ठले यूएईबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए ।
Leave a Reply