Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिले रेशम चौधरीको फाइल गृहमै फिर्ता गरेसँगै सजाय माफी गर्न बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीको निवेदन राष्ट्रपति पौडेलले शुक्रबार गृहमा पठाएका हुन् । रेशमको निवेदन गृहमार्फत नै राष्ट्रपति कार्यालय पुगेको थियो ।

त्यसमा प्रचलित कानुन, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी गर्नू भनेर गृह मन्त्रालयलाई फिर्ता पठाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यससँगै रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुलेको छ । अब गृह मन्त्रालयले राष्ट्रपति कार्यालयबाट आएको फाइलमा महान्यायाधीवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाँकी कैद माफी मिनाहा हुन्छ ।

अब चौधरीलाई सजाय माफी गर्ने वा नगर्ने भन्नेबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले अन्तिम निर्णय लिनेछ । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस (१५ जेठ) का अवसरमा माफी मिनाह पाउनेहरुबारे निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077