Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि रोकिएको प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजे बस्ने भएको छ ।

शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि शनिबारका लागि सरेको हो ।

दलहरूबीच संसद पुनः सञ्चालन गराउने विषयमा सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले सूचनामार्फत् बैठक स्थगित गरेका हुन् ।

पशुपतिको मन्दिरको जलहरीका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने एमालेले अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077