काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा भरत शाह र मोहमद आसिकले गोल गरे । यो जितसँगै पुलिस छैटौँ स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलमा २८ अंक छ ।
खुमलटार भने २१ खेलमा २१ अंक जोड्दै तालिकाको पुछारमा छ ।
Leave a Reply