Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भयो

    प्रधानमन्त्री प्रचण्डले भने – संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भयो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भइरहेको बताएका छन्।

    राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र विभिन्न उपलब्धी उल्ट्याउन चाहने कतिपय शक्ति र व्यक्ति अहिले पनि संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेको आरोप लगाए ।



    प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुर्‍याउन राजनीतिक तहमा समझदारी भएको बताए।

    विस्तृत शान्ति सम्झौताको घरेलु मोडेल जस्तै संक्रमणकालीन न्यायलाई पनि छुट्टै घरेलु मोडलबाट पीडितलाई न्यायको अनुभूति र विश्वका लागि अनुकरणिय हुनेगरी टुङ्गोमा पुर्‍याइने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार