काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको भारत भ्रमण र कैद मिनाहा सम्बन्धी निर्णय गर्न सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक चलिरहेको छ ।
गणतन्त्र दिवसका अवसरमा दिइने माफी मिनाहा र बाँकी कैद मिनाहाबारे निर्णय गर्नेबारे आजको बैठकले निर्णय गर्ने बुझिएको छ ।
यसअघि साताको मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो।