काठमाडौं । नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरू भएको छैन ।
एमालेले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने आवाज उठाएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए ।
स्थगित प्रतिनधि सभाको बैठक तीन बजे बस्ने भनिएको थियो। तर, फेरि पनि तोकिएको समयमा नबसेसँगै अनिश्चित बनेको छ।
स्थगित गरिएको २ घन्टामा बैठक सुरु हुन नसकेपछि स्वत: स्थगित हुने व्यवस्था छ। सर्वदलीय बैठक लम्बिएका कारण उक्त सूचना जारी गरिएको हो।