Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु

बुटवल  । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठक प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आजदेखि शुरु भएको छ ।

बैठक प्रारम्भसँगै लुम्बिनी प्रदेशका सरकारका सभामुख तुलसीराम घर्तीले प्रदेशसभा आह्वान र वर्तमान सरकारको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गर्दै बैठकमा सहभागी सासंदहरुको बोल्ने समय निर्धारण गरी सुनाएका थिए ।

यसैगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले “लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची रहेको छ ।

यस अधिवेशनमा आउदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइने छ । त्यसका लागि जेठ १५ भिक्रमा सरकारका नीति तथा कार्यत्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077