Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी उपाध्यक्ष सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच बेइजिङमा भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओलाई भेटेका छन् ।

चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच विहिबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

उनीहरूकाबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077