Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

आज परेको वर्षका कारण डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ सवारीसाधन अलपत्र परेका छन्।

सोमनाथ खोलामा पानीको बहाब नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाब घटेपछि मात्र मर्मतको काम हुने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ ।

डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077