काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सानदार जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरेका थिए ।
जितसँगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोड्दै १२ औं स्थानमा रहेको छ । सातदोबाटो २१ खेलमा २९ अंक सहित लिगमा चौथो स्थानमा रहेको छ ।
Leave a Reply