काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुने गरी वर्षे बिदा दिने निर्णय गरेको हो ।
परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविले जनाएको छ।
तर वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सक्ने छन् ।
Leave a Reply