Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठ बर्खास्त

काठमाडौं । फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक काजीमान श्रेष्ठ बर्खास्त भएका छन् ।

फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठविरुद्ध गाडी चोरीको आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद्ले उनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

श्रेष्ठ माघ १९ गते मात्रै राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत काठमाडौं जिल्ला खेलकुद विकास समितिका मुख्य प्रशिक्षकमा बढुवा भएका थिए ।

प्रशिक्षक श्रेष्ठले आफ्नो गाडी चोरी गरेको बताउँदै जीवन पाण्डेले प्रमाणसहित परिषद्‌मा मंगलवार उजुरी दिएका थिए ।

उनको उजुरीपछि परिषद्ले श्रेष्ठलाई मुख्य प्रशिक्षकबाट हटाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077