Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति  रामचन्द्र पौडेल आज जावलाखेल जाने भएका छन् ।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति पौड्याल जावालखेल जान लागेका हुन् ।

सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो ।

भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन अनुसार राष्ट्रपति पौडेल पहिलोपटक जात्रामा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077