Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • हिरासतबाटै खाँणलाई सचिव पाण्डेले पत्र लेखेको खुलासा – ओली र देउवालाई भनेर मिलाउनुपर्छ

    हिरासतबाटै खाँणलाई सचिव पाण्डेले पत्र लेखेको खुलासा – ओली र देउवालाई भनेर मिलाउनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतबाटै पत्र लेखेको खुलेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनले हिरासतबाटै पूर्व गृहमन्त्री खाँणलाई दुईपटक पत्र लेखेको खुलेको हो ।

    पाण्डे उपराष्ट्रपतिको कार्यालयमा कार्यरत थिए । उनलाई वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरिएको थियो । अहिले उनी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालयले बुधबार दायर गरेको अभियोगपत्र अनुसार पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री खाँणलाई दुईपटक पत्र लेखेका थिए ।



    पूर्व गृहमन्त्री खाणलाई खाणका स्वकीय सचिव नरेन्द्र केसी मार्फत पठाइएको पत्रमा भनिएको छ,‘केशव दुलालको बयान सच्याउनु पर्ने भयो । नभए, मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । एक हप्ताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनै पर्छ । नरेन्द्रजी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने व्यवस्था मिलाउनुपर्छ । अब आरोपित व्यक्तिलाई पक्राउ गर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनेर भन्नुपर्छ ।’ उनीहरुविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहित विरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार