Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बिनु र सरकार पक्षबीच चारबुँदे सहमति, यादवले तोडिन् अनशन

    बिनु र सरकार पक्षबीच चारबुँदे सहमति, यादवले तोडिन् अनशन

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । पन्ध्र दिनदेखि अनशनमा बसेकी बिनु यादवले अनशन तोडेकी छिन् । बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन् ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि आज जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो ।



    बिनु यादवको सत्याग्रहका मागमध्ये यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ ।



    उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सरकारले यादवको माग सम्बोधनका लागि सम्पूर्ण प्रयत्न गर्ने आश्वासन दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार