काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एपिएफका लागि आवाश लामिछानेले दुई गोल गरे । संकटाका मनिस डाँगीले एक गोल फर्काए ।
जितसँगै एपीएफले २१ खेलबाट २६ अंक बनाएको छ भने संकटाले २१ खेलमा २३ अंक जोडेको छ ।
Leave a Reply